प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाैमा जारी एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको समूह चरणका खेल सकिएको छ ।
बिहीबार दुईवटा सेमिफाइनल खेल हुनेछन् । पहिलो खेलमा किर्गिजस्तान र तुर्कमेनिस्तान खेल्नेछन् भने दोस्रो सेमिफाइनलमा उज्बेकिस्तान र माल्दिभ्स खेल्नेछन् ।
सेमिफाइनल खेल दिउँसाे साढे दुई र साढे चार बजे हुनेछ । किर्गिजस्तानले नेपाल र माल्दिभ्सलाई हराउँदै समूह एको विजेता बनेको थियो ।
तुर्कमेनिस्तान भने समूह बीको उपविजेता हो । उसले उज्बेकिस्तानसँग पराजय भोगेको थियो भने बंगलादेश र अफगानिस्तानविरुद्ध जित निकालेको थियो ।