डेलिश डेरिजले शुरु गर्याे स्वादिष्ट उत्पादनहरू
चैत १०, २०८१ आइतबार
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बिहीबार सिंंगापुर प्रस्थान गर्नुभएकाे छ ।
प्रधानमन्त्री ओली बिहीबार अपराह्न साढे १ बजे थाई एयरको उडान नम्बर GT ३२० बाट सिंंगापुर प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री ओलीसँग उहाँकी श्रीमती राधिका शाक्य पनि सिंगापुर प्रस्थान गर्नुभएको छ । केही समय अघि उपचार गराएर स्वदेश फर्किएका प्रधानमन्त्री ओली फेरि थप उपचारका लागि सिंगापुर जानुभएको हो ।
प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्या सिंह शाहले प्रेस नोट जारी गर्दै मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि उपचार हुने जानकारी गराउनुभयाे ।
डा दिव्या सिंह शाहले जारी गर्नुभएकाे प्रेस नाेटमा प्रधानमन्त्रीको मिर्गौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको र एण्टीबडीलाई शरीरबाट निस्कासन गरेर निराकण गर्ने उपचार विधिलाई निरन्तरता दिनका लागि फेरि सिंंगापुर जानुपरेको जनाइएकाे छ ।
गएकाे साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । यसपटक पनि त्यसै अस्पतालमा नेपाली चिकित्सकका साथै त्यहाँका विज्ञहरुको टोलीले मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको लागि उपचार गर्ने सिंंहद्वारा जारी प्रेस नाेटमा उल्लेख छ ।
प्रधानमन्त्रीलाई बिदाई गर्नका लागि सरकारका मन्त्रीहरु तथा नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ त्रिभुवन विमानस्थल पुग्नुभएको थियो । साथै नेकपाका अन्य नेता कार्यकर्ताहरुको पनि उल्लेख्य उपस्थिति थियो । प्रधानमन्त्री ओली भदौ २० गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।