लमजुङको गाइखुरे झरनाबाट खस्दा नेपाली सेनाका लेस नायकको ज्यान गयाे

 भदौ १२, २०७६ बिहिबार १८:५९:२३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - बेसीशहर नगरपालिका–१, उदीपुरमा रहेको गाइखुरे झरनाबाट खस्दा एकजनाको ज्यान गएको छ ।

झरना सरसफाइ गर्ने क्रममा झरनाबाट चिप्लिएर खस्दा उदीपुरस्थित श्रीजंग गणमा कार्यरत ३१ वर्षीय नेपाली सेनाका लेस नायक (प्यूठ) विजय श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्तबहादुर मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतक श्रेष्ठको घर काभ्रेकाे बनेपा नगरपालिका–१० हो । बिहिबार बिहान पौने ९ बजेतिर सरसफाइ गर्ने क्रममा झरनाबाट खसेका श्रेष्ठलाई उपचारका लागि सवा ९ बजे जिल्ला सामुदायिक अस्पताल बेसीशहर लगिएको थियो । उपचारका क्रममा १० बजे श्रेष्ठको मृत्यु भएको अस्पतालले बताएको उहाँले बताउनुभयो ।

प्रहरीका अनुसार श्रेष्ठको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल काठमाण्डौ पठाइएको छ ।   

अन्तिम अपडेट: फागुन २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया