स्याङ्जाको गल्याङमा जीप दुर्घटना : एक बालकको ज्यान गयो, २२ जना घाइते

 भदौ १८, २०७६ बुधबार १४:३५:२१ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिका–३, दिमिकमा जीप दुर्घटना हुँदा एक जना बालकको ज्यान गएको छ । त्यस्तै दुर्घटनामा परि २२ जना घाइते भएका छन् ।

पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको  ग १ ज ३८४१ नम्बरको जीप गल्याङ बजारनजिकै बुटवल पावर कम्पनीको उकालो सडकबाट झण्डै ४०० मिटर तल खसेको प्रहरी चौकी गल्याङले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु भएका ९ महिने बालकको सनाखत हुन बाँकी छ । घाइतेमध्ये २० जनालाई उपचारका लागि पाल्पा पठाइएको छ । दुई जनाको गल्याङमा नै उपचार भैरहेको प्रहरीले जनाएको छ ।

थप उपचारका लागि पाल्पाको तानसेन पठाइएका घाइतेमध्ये १२ महिला र ८ जना पुरुष रहेका छन् । तिज मनाएर फर्किएका महिलाहरु दुर्घटनामा परेको बताइएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया