कैलाली : पेस्तोल र सुनसहित पक्राउ परेका व्यक्तिबाट पाँच अर्बभन्दा बढीका नक्कली चेक बरामद

 भदौ १९, २०७६ बिहिबार १५:३४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – कैलालीको धनगढीबाट चार थान पेस्तोल र सुनका गहनासहित पक्राउ परेका तीन जनाबाट पाँच अर्ब रुपैयाँभन्दा बढीका नक्कली चेक पनि बरामद गरिएको छ ।

पाँच अर्ब रुपैयाँभन्दा बढीका राष्ट्र बैंकका नक्कली चेक, छाप र नक्कली पत्र तथा कागजहरु उनीहरुको साथबाट प्रहरीले बरामद गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोली र जिल्ला प्रहरी कार्यालय कैलालीले बुधवार साँझ धनगढी उप–महानगरपालिका वडा नम्बर–३, चटकपुरबाट चार थान पेस्तोल,  सुनका गहना र पाँच अर्ब रुपैयाँभन्दा बढीका नक्कली चेक बरामद गरेको हो । धनगढी उप–महानगरपालिका–६, मटियारीका सञ्जय राणा भनिने सञ्जय राना र त्यही ठाउँका कमल बिक तथा वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारीलाई  प्रहरीले पक्राउ गरेको थियो । उनीहरुसँग ठूलो संख्या तमसुकहरु समेत बरामद गरिएको छ ।

प्रहरीले राणा, विक र अधिकारीसँग जोडिएका सबै विषय र व्यक्तिहरुको बारेमा समेत अनुसन्धान थालेको छ । धनगढी उपमहानगरपालिका–६, मटियारीमा रहेको राणाको  घरको खानतलासी समेत गरेको गरेको प्रहरीले जनाएको छ । राणा जग्गा दलालीसँगै हातहतियार कारोबारी पनि रहेको खुलेको छ ।

सम्बन्धित समाचार

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया