आईपीएल क्रिकेटमा आज दिल्ली र हैदराबाद खेल्दै
बैशाख ८, २०८१ शनिबार
धनुषा – सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने दुई जनालाई जिल्ला अदालत धनुषाले आजीवन जेल सजायको सुनाएको छ ।
धनुषाको औरही गाउँपालिका–२, परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई जिल्ला अदालत धनुषाले बालिका बालात्कार गरी हत्या गरेको दोषी ठहर गर्दै आजीवन जेल सजायको आदेश दिएको हो ।
बुधबार जिल्ला अदालतका न्यायाधीश राजेश कटुवालको इजलासले मुखिया र पण्डितलाई आजीवन जेलसहितको सजाय सुनाएको अदालतले जनाएको छ ।
झण्डै एक वर्षअघि २०७५ असोज २६ गते दुर्गा मेला हेर्न गएकी परवाहाकी रामाशीश यादवकी १० वर्षकी छोरी मनिताकुमारी यादवलाई गाउँकै स्थानीय मुखिया र पण्डितले १० रुपैयाँको प्रलोभन देखाएर गाउँभन्दा केही पर लगी बलात्कार गरी हत्या गरेका थिए ।
बालिकाको शव धान खेतको हिलोमा गाडिएको अवस्थामा फेला परेलगत्तै प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो ।
सम्बन्धित समाचार