रक्सीले मातेका मालपाेत कार्यालय महाेत्तरीका प्रमुख प्रहरीको नियन्त्रणमा

 असोज १०, २०७६ शुक्रबार १५:३५:५ | शैलेन्द्र महतो
unn.prixa.net

महाेत्तरी - कार्यालय समयमा रक्सी पिएर मातेका मालपोत कार्यालय महोत्तरीका प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मालपाेत प्रमुख भुपबहादुर बोगटीलाई प्रहरीले शुक्रबार दिउँसो कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।

कार्यालय समयमा कार्यालय प्रमुख बोगटी रक्सी पिएर मातेको देखेपछि सेवाग्राहीले प्रहरीलाई खबर गरेका थिए । सेवाग्राहीकाे सूचनापछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट गएको प्रहरी टोलीले प्रमुख बोगटीलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेका कार्यालय प्रमुख बोगटीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको उपरीक्षक अधिकारीको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया