दैलेखमा जीप दुर्घटना : दुई जनाको ज्यान गयो

 असोज ११, २०७६ शनिबार ६:२१:५ | अमर सुनार
unn.prixa.net

सांकेतिक तस्बिर

दैलेख – दैलेखको डुंगेश्वर गाउँपालिका–२ उम गाउँको भतेल्ना भन्ने ठाउँमा शुक्रबार राति भे १ ज ३९९१ नम्बरको यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दैलेख सदरमुकामबाट उमका लागि जाँदै गरेको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ज्यान जानेमा डुंगेश्वर गाउँपालिका–२ उम गाउँकी ७१ वर्षीया चन्द्रकला ओली र ९ वर्षीय बालक दमन बुढा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्जार्ज प्रहरी नायब उपरीक्षक(डीएसपी) हरिबहादुर ओलीले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका उम गाउँका २८ वर्षीय लोकेन्द्रबहादुर थापालाई राति नै सुर्खेत पुर्‍याइएको र गाडी मालिक उम गाउँकै ३८ वर्षीय इन्द्रबहादुर थापा गाउँकै मेडिकलमा सामान्य उपचारपछि घर फर्किनुभएको छ ।

गुराँस गाउँपालिका–४ तालपोखरी घर भएका २६ वर्षीय चालक सुरेश बिक दुर्घटनालगत्तै फरार भएकोले चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया