नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
धनुषा - धनुषामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर बिहीबार एक किशाेरीको ज्यान गएको छ भने अन्य दुई महिला घाइते भएका छन् ।
ज्यान गुमाउनेमा धनुषाधाम नगरपालिका-२ बस्ने श्रीप्रसाद यादवीकी १३ वर्षीया छोरी अञ्जली कुमारी यादव रहेकी छिन् । माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी अञ्जलीलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटामै ज्यान गएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरिक्षक सुमन थापाले जानकारी दिनुभयो ।
ढिस्कोमा परेर धनुषाधाम–२ की रिंकु यादव र ममता महतो घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दिपावलीको लागि घर लिपपोत गर्न धनुषाधाम नगरपालिका ५ नौसयमा माटो लिन गएको बेला ढिस्को खसेपछि घटना भएको हो ।