‘विप्लव’ समूहका डोटी जिल्ला कमिटी सदस्य पक्राउ

 कात्तिक १, २०७६ शुक्रबार १६:३९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका डोटी जिल्ला कमिटी सदस्य ३८ वर्षीय कृष्ण छेडाल पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) दिलिपसिंह देउवाका अनुसार जोरायल गाउँपालिका ६ दह घर भएका छेडाललाई उनकै घरबाट पक्राउ गरिएको हो । 

केही महिनाअघि जोरायल गाउँपालिका २ को वडा कार्यालयको भवन जलाएको आरोपमा छेडालको नाममा प्रहरीले किटानी जाहेरी दिएर पक्राउका लागि जिल्ला अदालत डोटीबाट आदेश माग गरेको थियो । अदालतले पक्राउ गर्न आदेश दिएपछि नियमित गस्तिमा रहेको प्रहरी टोलीले उनलाई घरबाट पक्राउ गरेको हो । 

छेडाल लामो समयदेखि विप्लव नेकपाको गतिविधिमा संलग्न रही भूमिगत अवस्थामा रहेको प्रहरीको दाबी छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया