सोलुखुम्बुमा भिरबाट लडेर विदेशी नागरिकको ज्यान गयो

 कात्तिक २, २०७६ शनिबार ७:३८:५७ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - पासाङ ल्हामू गाउँपालिका-५ कोङ्देमा भिरबाट लडेर एक जना विदेशी नागरिकको ज्यान गएकोे छ ।

पोल्याण्डबाट नेपाल भ्रमणमा आएका २६ वर्षीया पेसिता मेलिना नाम गरेकी महिलाको शुक्रबार बाटो हिँड्ने क्रममा भिरबाट लड्दा घटनास्थलमा नै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय नाम्चेबाट गएको प्रहरी टोलीले शव लुक्ला ल्याएको सोलुखुम्बुका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया