प्रदेश २ लोक सेवा आयोगको सदस्यमा देव र झा नियुक्त

 कात्तिक ४, २०७६ सोमबार १४:४७:२१ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - प्रदेश २ सरकारले प्रदेश लोक सेवा आयोगको सदस्यमा डाक्टर सुजाता देव, महारुद्र झालाई नियुक्त गरेको छ ।

नवनियुक्त  दुवै जना सदस्यलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सोमबार एक समारोहबीच सपथ ग्रहण गराउनुभएको छ । प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादवको सपथ ग्रहण यसअघि नै भइसकेको छ ।

सपथ ग्रहण समारोहमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज यादव, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, सामाजिक विकास मन्त्री नवलकिशोर साह, उद्योग वन  तथा पर्यटन मन्त्री रामनरेश राय, प्रमुख प्रतिपक्षी दल नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल, लोक सेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादव, नीति आयोगका उपाध्यक्ष भोगेन्द्र झासहितको उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: कात्तिक १८, २०७६

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्छ। 

तपाईको प्रतिक्रिया