तनहुँमा बस दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, दुई जना घाइते

 कात्तिक ५, २०७६ मंगलबार १८:२२:१२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – तनहुँको भानु नगरपालिका–१०, नेपालडाँडामा मंगलबार बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

तनहुँको चोक चिसापानीबाट लमजुङतर्फ आउँदै गरेको ना ३ ख ९७६८ नम्बरको बस सडकबाट झण्डै ५० मिटर तल खस्दा बसका सहचालक भानु नगरपालिका–६, तनहुँका २१ वर्षका अनिल धमेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, दमौलीका ट्राफिक हवल्दार भूमिराज घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सहचालकले बस चलाउँदा दुर्घटना भएको हो । बस दुर्घटना हुँदा बसमा रहेका भानु नगरपालिका–१०, की १६ वर्षीया रोशनी श्रेष्ठ र त्यसै ठाउँकी १५ वर्षीया समीक्षा श्रेष्ठ घाइते भएको र उनीहरुको स्थानीय तुरतुरे पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया