प्रदेश दुई : व्यवसायी मनोज साहको हत्या विरोधमा सबै पेट्रोल पम्प बन्द

 कात्तिक ९, २०७६ शनिबार १२:३:५३ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - शनिबार धनुषासहित प्रदेश २ का विभिन्न जिल्लामा रहेका सबै पेट्रोल पम्प बन्द गरिएको छ ।

जनकपुरको मुजेलियास्थित पेट्रोल पम्प सञ्चालक मनोज साहको हत्या विरोधमा पेट्रोलियम डिलर्स एसोसिएशनको आह्वानमा व्यवसायीहरुले शनिबार पेट्रोल पम्प बन्द गरेका छन् । पेट्रोल पम्प बन्द भएपछि सेवाग्राही मारमा परेका छन् । उपभोक्ताहरु तोकेको मूल्यभन्दा बढी तिरेर बोतलमा राखेर बेच्दै गरेको पेट्रोल किन्न बाध्य भएका छन् ।

पेट्रोलियम पदार्थ जस्तो संवेदनशील क्षेत्रमा लगानी गर्ने व्यवसायीहरू असुरक्षित रहेको भन्दै एसोसिएशनले धनुषालगायत महोत्तरी, सिरहा, सर्लाही, रौतहट, बारा र पर्साका व्यवसायीहरुले शनिबार तेल नबेच्ने घोषणा गरेका हुन् ।

तर महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका पम्प पनि दुई घण्टा मात्र बन्द रहने एसोसिएशनले जनाएको छ । एसोसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले एक विज्ञप्ति जारी गर्दै व्यवसायी सुरक्षाको प्रत्यभूति गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरिको छ ।

बुधबार जनकपुरधाममा पेट्रोल पम्प सञ्चालन गर्ने व्यवसायी मनोज साहको गोली हानी हत्या गरिएको थियो । हत्यामा संलग्न पंकज चौधरीलाई प्रहरीले दुई थान हतियार र २२ राउण्ड गोलीसहित बुधबार नै पक्राउ गरेको थियो ।

अन्तिम अपडेट: चैत १५, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया