कार्यालय कहाँ राख्ने भन्ने विवादमा स्थानीयले गरे नगरपालिकाको कागजात नष्ट

 साउन १, २०७५ मंगलबार ८:४७:२ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बुंगल नगरपालिकाका सबै कागजात स्थानीय बासिन्दाहरुले नष्ट गरी दिएका छन् । नगरपालिकाको केन्द्र कहाँ बनाउने भन्ने विषयमा कुरा नमिल्दा स्थानीय आक्रोशित भएर नगरपालिकामा भएका सबै कागजपत्र नष्ट गरिदिएको बुंगल नगरपालिकाका लेखा अधिकृत पूर्णबहादुर खड्काले बताउनुभयो । 

नगरपरिषद्को निर्णय अनुसार बुंगल नगरपालिकाको केन्द्र वडा नम्बर ५ मा बनाउने निर्णय भएको थियो तर वडा नम्बर ३ र ४ का स्थानीय बासिन्दाहरुले निर्णय स्वीकार नभएको भन्दै आन्दोलन गरेका थिए । 

उनीहरुले नगरपालिकाको परिषद सकिनेवित्तिकै कार्यालयमा भएको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, कार्यपालिकाको निर्णय पुस्तिकालगायतका काजजात, कार्यालयमा भएको टेबल, कुर्सीमासमेत क्षति पुर्याएको प्रहरीको भनाइ छ । 

उनीहरुले नगरपालिकाका मेयर धनबहादुर विष्टमाथि ढुङ्गा मुढा पनि प्रहार गरेका थिए । मेयरलाई बचाउने प्रयास गर्दा स्थानीयले प्रहार गरेको ढुंगाले लागेर बुंगल नगरपालिका ४ का सुरेश भण्डारीको टाउको फुटेको छ । नगरपालिकाका मेयर विष्टको कार्यकक्षमा स्थानीय बासिन्दाले ताला लगाइदिएका छन् । 

केही स्थानीय बासिन्दा अहिले भएको ठाउँबाट अन्य ठाउँमा कार्यालय सार्न नहुने पक्षमा छन् भने केही अन्यत्र लैजानुपर्ने माग राख्दै आन्दोलन गर्दै आइरहेका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने वडा नं ३ र ४ मन स्थानीय बासिन्दाको भनाइ छ । 

नगरपालिकाको स्रोतका अनुसार नगरपालिका नजिकै घर हुने केही ब्यापारीहरुले आन्दोलन गरिरहेका छन् । सबैलाइ पायक पर्ने ठाँउ वडा नम्बर ५ नै भएका कारण भवन उतै बनाउन उचित हुने भन्दै कार्यपालिकाको बैठेकले निर्णय गरेको हो । आफ्नो फाइदा हेर्नेहरुका लागि यो निर्णय स्वीकार्य नभएको श्रोतको दावी छ ।

अहिले बुंगलन नगरपालिकाको कार्यलय वडा नम्बर ४ को विजगडामा छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया