नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि
बैशाख १५, २०८१ शनिबार
कास्की – पोखरामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै विस्फोट भएको छ । उपचुनावको मनोनयन दर्ता कार्यक्रमको समय सुरु हुनासाथ निर्वाचन कार्यालय नजिकै रहेको निर्माणाधिन पोखरा पर्यटक बसपार्कमा विस्फोट भएको हो ।
विस्फोट भएको आवाज आए पनि के पड्किएको हो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ ।
विस्फोट कसले र किन गरिएको भन्नेबारे पनि थाहा हुन सकेको छैन । वैदाम प्रहरी इञ्चार्ज डीएसपी कोमल शाहले स्थिति नियन्त्रणमा रहेको जानकारी दिनुभयो ।
कास्की–२ मा हुन लागेको प्रतिनिधिसभाको उपचुनावको लागि बिहीबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।
कास्कीका उज्यालो सहकर्मी सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।