काभ्रेमा ट्याङ्कर दुर्घटना : दुई जनाको मृत्यु

 कात्तिक ३०, २०७६ शनिबार ११:४६:९ | कपिल कोइराला
unn.prixa.net

काभ्रेपलाञ्चाेक - अरनिको राजमार्गमा शुक्रबार राति डिजल बाेकेकाे ट्याङ्कर दुर्घटनामा परि घाइते भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचारका क्रममा ज्यान गएकाे छ ।

हेटौँडा घर भएका ३० वर्षीय चालक लामाको धुलिखेल अस्पतालमा उपचारका क्रममा र मकवानपुर जिल्ला पालुङ घर भएका सहचालक कञ्चन लामाको थप उपचारका लागि नर्भिक अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डीएसपी दीपक गिरीले बताउनुभयो । 

धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको ना ७ ख ३७६० नम्बरको डिजेल बोकेको ट्याङ्कर धुलिखेल नगरपालिका वडा नम्बर-८, थाक्लेमा आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया