सीप सिकेका जनशक्तिलाई मात्रै वैदेशिक राेजगारीमा पठाउने नीति बनाउँछाैँ : मन्त्री यादव

 मंसिर ५, २०७६ बिहिबार २०:२८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बिहीबार अपराह्न मन्त्रालय पुगेर पदबहाली गर्नुभएको छ । 

बिहीबार बिहान पद तथा गोपनीयताको शपथ लिएर अपराह्नमात्र मन्त्रालय पुग्नुभएका उहाँलाई सचिव विनोद केसीलगायत कर्मचारीले स्वागत गर्नुभएको थियो । पदबहालीलगत्तै मन्त्री यादवले एकीकृत सामाजिक सुरक्षा नीति तर्जुमाका लागि कानुन मन्त्रालयको राय लिनेसम्बन्धी निर्णय सदर गर्नुभयो । 

सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन आफू केन्द्रित हुने बताउनुभयो । 

अदक्ष कामदार वैदेशिक रोजगारीमा जाँदा देशले ठूलो क्षति ब्यहोर्नुपरेको भन्दै उहाँले सीपयुक्त जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने नीति अख्तियार गरिने बताउनुभयो । 

यसअघिका श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्री गाेकर्ण विष्टकाे ठाउँमा यादव आउनुभएकाे हाे ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया