बैतडीको झुलाघाट नाका आजदेखि चार दिनका लागि बन्द

 मंसिर ६, २०७६ शुक्रबार ११:०:११ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका शुक्रबारदेखि चार दिनका लागि बन्द हुने भएको छ ।

भारतको पिथौरागढ जिल्लामा विधानसभा उपचुनाव हुन लागेकोले नाका बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको हो । विधानसभा सदस्य प्रकाश पन्तको निधन भएपछि यो क्षेत्र रिक्त रहेको थियो ।

शुक्रबार साँझ ५ बजेदेखि मंसिर ९ गते साँझ ५ बजेसम्म सीमा नाका बन्द हुने बताइएकोे छ । चार दिनको अवधिमा आस्कमिक रुपमा खोल्नु परेमा दुवै पक्षको आपसी सहमतिमा सीमा खोल्न सकिने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो ।

भारतको पिथौरागढमा जिल्लामा पञ्चायत तथा ग्राम पञ्चायत सदस्य चुनाव हुँदा यसअघि पनि गएको असोज १६ गतेदेखि असोज १८ गतेसम्म तीन दिनका लागि झुलाघाट नाका बन्द गरिएको थियो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया