मंगलबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

 मंसिर १०, २०७६ मंगलबार १०:३७:० | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०७ पैसा तोकेको छ । हिजो डलरको खरिददर ११४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०४ पैसा रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा रहेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा थियो । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा रहेको छ । खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा रहेको थियो।

ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ १७ पैसा रहेको छ । हिजो खरिददर २९७ रुपैयाँ ५२ पैसा रहेको थियो ।  

यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा रहेको थियो । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३९ पैसा र बिक्रीदर २७ रुपैयाँ ५४ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ४३ पैसा र बिक्रीदर २७ रुपैयाँ ५७ पैसा रहेको थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको थियो । 

मंगलबार कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७८ रुपैयाँ ५८ पैसा रहेको छ । हिजो खरिददर ३७६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ८१ पैसा रहेको थियो । 

बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३०५ रुपैयाँ १८ पैसा तोकेको छ । हिजो खरिददर ३०३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३०५ रुपैयाँ १६ पैसा रहेको थियो । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया