नेपालको खराब प्रदर्शन, हङकङले चार विकेटले हरायो
बैशाख ८, २०८१ शनिबार
भोजपुर – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका भोजपुर जिल्ला इञ्चार्ज बम विष्टलाई पुर्पक्षका लागि कारागार चलन गरिएको छ ।
मंगलबार जिल्ला अदालत भोजपुरका न्यायाधीश खिलानाथ रेग्मीको एकल इजलासले विष्टलाई पुर्पक्षका लागि कारागार पठाएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।
विष्टलाई भोजपुर नगरपालिका–१२, वेहेरे दोभान र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माण स्थलमा राखिएको एक्स्काभेटरमा आगजनी गरेको, टेम्केमैयुङ्ग गाउँपालिका–१ को वडा तिम्माको कार्यालयमा आगजनी गरेको, रामप्रसाद राई गाउँपालिका–१ को ओख्रेको डाँडाखर्कमा रहेको एनसेलको टावरमा आगजनी गरेको साथै हातहतियार, विस्फोटक पदार्थलगायत आपराधिक मुद्दा दर्ता भएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।
टेम्केमैयुङ गाउँपालिका ५, खावा घर भएका जिल्ला इञ्चार्ज बम बहादुर विष्टलाई भोजपुर नगरपालिका १०, भैंसीपंखाको गजुरमुखी भिरछेउको जंगलबाट गएको असोज ५ गते प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका विष्टको साथबाट प्रहरीले २ थान इटालियन अटोमेटिक पेस्तोल, डायरी, सिमकार्ड, मोबाइल २ थान, १० राउण्ड गोली, ह्याण्ड ग्रिनेड १ थान पनि फेला परेको प्रहरीले जनाएको थियो । उनको साथबाट चन्दाको माग गर्दै लेखिएका पत्र र पार्टीका पर्चा फेला परेको थियो ।