संयुक्त राष्ट्र संघको सूचना प्रविधि हेर्न निकाय आईजीएफमा खनाल पुनः नियुक्त

 मंसिर १०, २०७६ मंगलबार २१:१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल संयुक्त राष्ट्र संघको इन्टरेनट गभर्नेन्स फोरम (आईजीएफंको मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप (म्याग) को सदस्यमा पुनः नियुक्त हुनु भएको छ ।

आईजीएफ संयुक्त राष्ट्र संघको सूचना प्रविधिसम्बन्धी हेर्ने निकाय हो । आईजीएफले इन्टरनेट प्राविधिक, व्यावसायिक, सामाजिक प्रशासनिक विकासको सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गरी इन्टरनेट विकास र प्रवर्द्धनका तथा साइबर सेक्युरिटीलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

विश्वभरबाट भौगोलिक र क्षेत्रगत प्रतिनिधित्वको आधारमा म्यागको सदस्य नियुक्त हुने प्रावधान रहेको छ । साइबर तथा इन्टरेनट स्पेसका विषयहरुका सरकारी र गैरसरकारी सरोकारवाला निकायसँग बहस गरी नीति निर्माणमा योगदानसमेत गर्नेछ ।

यसअघि खनाल विश्व दूरसञ्चार संघको स्टडी ग्रुपको उपाध्यक्षमा दुई कार्यकाल निर्वाचित हुनु भएको थियो । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया