साग पुरुष भलिबल : पाकिस्तानकाे सुखद् सुरुवात, माल्दिभ्स ३-० काे साेझाे सेटमा पराजित

 मंसिर १२, २०७६ बिहिबार १५:४२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फको भलिबलमा पाकिस्तान विजयी भएको छ । जितसँगै पाकिस्तान सेमिफाइनलनजिक पुगेको छ ।

त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा पाकिस्तानले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्‍याे । तुलनात्मक रूपमा कमजोर टिम माल्दिभ्सविरूद्ध पाकिस्तानले २५-१६, २५-२३ र २५-१५ को सेटमा जित निकाल्यो ।

जितसँगै पाकिस्तानले अंक तालिकामा २ अंक जोडेको छ । अब उसले समूहको अन्तिम खेलमा शुक्रबार श्रीलंकासँग खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया