कांग्रेसले जितेको त्रिवेणी १ मा नेकपाको जित

 मंसिर १५, २०७६ आइतबार ८:४४:२८ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा - त्रिवेणी गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा नेकपा विजयी भएको छ ।

यसअघि कांग्रेसले जितेको यस वडामा नेकपाका मनराज बुढा (मिलन) ३६७ मत ल्याएर विजयी हुनुभएको हो । कांग्रेसका खगेन्द्र चदाराले ३४७ र राप्रपाका मिनबहादुर ढोलीले २ मत ल्याउनुभयो ।

११ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत ९, २०८०

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया