उपचुनाव : कास्की २ मा नेकपाकी विद्या जित नजिक

 मंसिर १५, २०७६ आइतबार १७:४७:४६ | सुमन गुरुङ
unn.prixa.net

कास्की - कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई जित नजिक पुग्नुभएको छ ।

उहाँ नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलभन्दा आठ हजार बढी मतले अगाडि रहनुभएको छ । हालसम्म मतगणना भएका पोखराका वडा नम्बर ३३, २१, २०, १६, १५, ११, ९ नम्बरको परिणामअनुसार नेकपा कांग्रेसभन्दा ८ हजार ५ सय ३६ मतले अघि रहेको छ । हालसम्म नेकपाले २० हजार ७९७ मत पाएको छ भने नेपाली कांग्रेसले १२ हजार २६१ मत पाएको छ । 

कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ११ वटा वडाहरु पर्दछन् ।

अब पोखरा महानगरको ४, ७ र ८ नम्बर वडामा मतगणना हुन बाँकी छ । वडा नम्बर ४ मा २ हजार २३८ मत, ७ मा ४ हजार ६०९ र ८ मा ५ हजार ५६८ मत गन्न बाँकी छ । गणना हुन बाँकी १३ हजार ४१५ मतमा मिश्रित नतिजा आउने भएकोले नेकपा जित नजिक पुगेको हो । 

अन्तिम अपडेट: चैत ५, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया