दाङमा झण्डै १९ हजार मत गन्न बाँकी रहँदा नेकपा अगाडि

 मंसिर १५, २०७६ आइतबार २०:२०:३२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – प्रदेश सभाअन्तर्गत दाङ क्षेत्र नम्बर ३ (ख) मा मतगणना चलिरहँदा नेकपा ३ हजार मतले अघि छ । 

ताजा मतगणनाअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विमलाकुमारी खत्री (वली) ले १४ हजार ५ सय ७८ मत प्राप्त गर्नुभएको छ । उहाँलाई कांग्रेसका उम्मेदवार केशवराज शर्माले पछ्याइरहनु भएको छ । 

कांग्रेसका उम्मेदवार शर्माले ११ हजार १ सय ९४ मत प्राप्त गर्नुभएको छ । उहाँ नेकपाकी उम्मेदवार खत्रीभन्दा ३ हजारभन्दा धेरै मतले पछाडि हुनुहुन्छ । 

जम्मा ६८ हजार ७ सय १९ जना मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ७ सय १८ मत खसेको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया