कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो
बैशाख ६, २०८२ शनिबार
पाँचथर – फाल्गुनन्द गाँउपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वीरबहादुर कुरुम्बाङ विजयी हुनुभएको छ ।
मतगणना अनुसार कुरुम्बाङले ५ हजार ३ सय ६९ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बृर्जजहाङ आङदेम्बेले ४ हजार ५ सय ६३ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, समाजवादी पार्टीकी विमला आङदेम्बेले ३ सय २० मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले २ सय ४० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुसुहाङ चेम्जोङले २८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का मोतिप्रसाद आङदेम्बेले ७५ मत, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङले २८ मत, मंगोल नेशनल अर्गनाइजेसनका उदय सुनुवारले १२ मत प्राप्त गर्नुभएको छ ।
अध्यक्ष पदमा निर्वाचित कुरुम्बाङ विसं २०७४ सालको चुनावमा नेपाली कांग्रसेका स्व. अमरकुमार नेम्बाङसँग ७ सय ९६ मत अन्तरले पराजित हुनुभएको थियो ।
गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि यहाँ उपचुनाव भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।