नवीनले दिलाए नेपाललाई स्वर्ण, करातेमा मात्रै ८ स्वर्ण

 मंसिर १७, २०७६ मंगलबार ११:४०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १३ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करोतमा नेपालका नवीन रसाइलीले स्वर्ण पदक जितेका छन् ।

नवीनले ६७ केजी कुमुतेमा पाकिस्तानका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् । योसँगै नेपालले १३औँ सागमा करातेमा ८ स्वर्ण जितेको छ । समग्रमा नेपालले अहिलेसम्म १९ वटा स्वर्ण पदक जितिसकेकाे छ ।

कराेतमा साेमबार स्वर्ण जित्नेहरु

कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

कराते (टिम काता, पुरुष) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

कराते (टिम काता, महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

कराते (५५ केजी) – लक्ष्मण तामाङ

कराते(८४ केजीमाथि) – विप्लवलाल श्रेष्ठ

कराते (४५ केजी मुनि)– कुसुम खड्का

कराते (५० केजी मूनि) –अनु अधिकारी

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया