डुवाथलनमा हिमालले दिलाए नेपाललाई स्वर्ण

 मंसिर १७, २०७६ मंगलबार ११:४९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत डुवाथलनमा नेपालले एक स्वर्ण स्वर्ण र एक रजत पदक जितेको छ ।

पुरुष डुवाथलनमा नेपालका लागि हिमाल टमाटाले स्वर्ण र लक्ष्मण मल्लले रजत पदक हात पारेका छन ।

डुवाथलनमा सुरुमा ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ र अन्त्यमा २‍.५ किलोमिटर दौड पूरा गर्नुपर्ने हुन्छ । याे पदकसँगै नेपालले  ट्रायथलनमा चार पदक जितेकाे छ ।

सोमबार सोनी गुरुङले ट्रायथलनमा स्वर्ण पदक जितेकी थिइन् । पुरुषतर्फ बसन्त थारुले कास्य पदक जितेका थिए ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया