कतारका अमिर थानी र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्...
बैशाख १२, २०८१ बुधबार
पाँचथर – फालेलुङ गाउँपालिका–३, मेमेङको एक घरमा आगलागी एक जना वृद्धाको ज्यान गएको छ । सोमबार राति आगलागी हुँदा ८५ वर्षीया वृद्धा टंकरानी थाम्सुहाङको ज्यान गएको हो ।
टंकरानी घरमा एक्लै बस्दै आउनुभएको थियो । मध्य रातमा आगलागी भएका कारण छिमेकीले पछि मात्रै थाहा पाएका थिए ।
वृद्धाको शव जलेको अवस्थामा भेटिएको पाँचथर प्रहरीले जनाएको छ । चुल्होबाट आगो सल्किएर आगलागी भएको प्रहरीको अनुमान छ । थाम्सुहाङ चुल्होको छेउमा नै सुत्ने गर्नुभएको थियो ।
आगलागीबाट दुई तले घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।