सुनिताले दिलाइन् करातेमा नेपाललाई नवाैँ स्वर्ण

 मंसिर १७, २०७६ मंगलबार १६:४१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा नेपालले नवाैँ स्वर्ण जितेको छ ।

नेपालकी सुनिता महर्जनले करातेकाे कुमेते अन्तर्गत ६८ केजी मुनिको तौल समूहमा विजेता बन्दै नेपाललाई करातेतर्फ नवाैँ स्वर्ण दिलाएकी हुन् । सुनिताले साविक विजेता पाकिस्तानी खेलाडी कुल्सोमलाई आठ-दुई स्कोरले हराइन ।

पहिलो दिन सात वटा स्वर्ण पदक जितेको नेपालले आज थप दुई स्वर्ण हात पार्‍यो । यसअघि मंगलबार नै नवीन रसाइलीले करातेमा स्वर्ण पदक जितेका थिए । 

नवीनले ६७ केजी कुमुतेमा पाकिस्तानका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् ।

करातेमा स्वर्ण जित्नेहरु

कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

कराते (टिम काता, पुरुष) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

कराते (टिम काता, महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

कराते (५५ केजी) – लक्ष्मण तामाङ

कराते(८४ केजीमाथि) – विप्लवलाल श्रेष्ठ

कराते (४५ केजी मुनि)– कुसुम खड्का

कराते (५० केजी मूनि) –अनु अधिकारी

कराते (६७ केजी) - नवीन रसाइली

कराते (६८ केजी) - सुनिता महर्जन

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया