उसुमा नेपालका दीपकले जिते स्वर्ण

 मंसिर १८, २०७६ बुधबार ११:३९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साग अन्तर्गत उसुको थाउलोमा नानगुन विधामा नेपालले स्वर्ण जितेको छ । नेपालका लागि दिपक हमालले स्वर्ण प्राप्त गरे । आर्मीको कर्भडहलमा भएको खेलमा नेपालका दिपकले कुल १९.३२ अंक ल्याउँदै स्वर्ण जिते । 

योसँगै नेपालले उसुमा स्वर्ण संख्या तीन पुर्‍याएको छ । प्रतियोगितामा उसुमा सोमबार दुई स्वर्ण जितेको थियो ।

उनले भारतका साजन लामालाई पछि पारेका हुन् । भारतका साजनले समग्रमा १९.१२ अंक ल्याएका थिए ।

उसुको थाउलोअन्तर्गत पुरूष ताइजिजियनमा श्रीलंकाका थरिदु नमल अनुरथले स्वर्ण पदक जिते । यो प्रतिस्पर्धामा भारतका ज्ञानदास सिंहले रजत पदक जित्दा नेपालका हरिप्रसाद गोलेले काश्य पदक जिते ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया