१३ औँ साग : नेपालले जित्यो पहिलो पटक साइक्लिङमा स्वर्ण

 मंसिर १८, २०७६ बुधबार १२:३४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – साइक्लिङको डाउनहिलमा नेपालले ५ पदक जितेको छ । पुरुषमा तीन र महिलामा दुई पदक नेपालले हात पारेको हो । यो सँगै नेपालको स्वर्ण पदक संख्या २७ पुगेको छ ।

गोकर्णमा भएको प्रतिस्पर्धामा नेपालले पुरुषतर्फ शीर्ष तीन स्थान हात पार्‍यो । जसमा पुरुषमा राजेश मगरले स्वर्ण जिते । महिलामा निश्मा श्रेष्ठ पहिलो भइन् । दोस्रो स्थान पनि नेपालले नै हात पार्‍यो ।

दक्षिण एसियाली खेलकुदमा साइक्लिङमा नेपालले पहिलो पटक स्वर्ण पदक जितेको हो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया