१३औँ साग : टेनिस टिम इभेन्ट्को दुवै स्वर्ण भारतलाई

 मंसिर १८, २०७६ बुधबार १३:५४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेनिसको टिम इभेन्टतर्फको दुवै स्वर्ण पदक भारतले जितेको छ । 

बुधबार भएको पुरुषतर्फको फाइनलमा भारतले पाकिस्तानलाई २–० ले हराउँदै स्वर्ण पदक जितेको हो । लगातार दुई सिंगल्सको खेल जितेपछि भारतले डबल्स खेल्नुअघि नै स्वर्ण पदक सुरक्षित गरेको थियो । 

पहिलो सिंगल्समा भारतका श्रीराम बालाजी नारायणस्वामीले पाकिस्तानका मुजाम्मिल मुर्तजालाई ४–६, ६–३ र ६–३ ले हराए । अर्को सिंगल्समा भारतका सकेत मिनेनीले पाकिस्तानका अकिल खानलाई ६–२ र ६–२ को सोझो सेटमा हराए ।

महिलातर्फको फाइनलमा भारतले श्रीलंकालाई हरायो । भारतकी प्रेरणा भाम्ब्रीले अनिका सेनेभिरत्नेलाई ६–१ र ६–३ ले हराइन् । अर्को सिंगल्समा सत्विका समाले अन्जलिका कुरेरालाई ६–४ र ६–३ ले पराजित गरिन् । 

पुरुष र महिलाको दुबै टिम इभेन्ट्मा नेपालले कास्य पदक हात पारेको छ । पुरुषतर्फ भुटानले पनि कास्य पदक हात पार्दा महिलातर्फको अर्को कास्य पदक श्रीलंकाले जित्यो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया