साग खो खो : नेपाली महिला टिमलाई रजत, पुरुष टिमलाई कास्य

 मंसिर १८, २०७६ बुधबार १५:५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत खो खो मा नेपालको महिला टिम स्वर्ण पदक जित्नबाट चुकेको छ । फाइनलमा भारतसँग पराजित भएपछि नेपाली टिमले रजतमा चित्त बुझायो । 

कीर्तिपुरको नयाँ बजारको कभर्डहलमा भएको फाइनल खेलमा नेपाल भारतसँग १७–५ स्कोरमा पराजित भयो । यद्यपि खो खो मा नेपालको यो ऐतिहासिक पदक हो ।  नेपालले महिला खोखोमा जितेको यो अहिले सम्मकै ठूलो पदक हो । 

पुरुषतर्फ भने नेपालले कास्य पदक जितेको छ । नेपाल श्रीलंकासँग १३–७ ले पराजित भयो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया