साग महिला फुटबल : नेपाल फाइनलमा, स्वर्ण पदकका लागि भारतसँग प्रतिस्पर्धा हुने

 मंसिर १९, २०७६ बिहिबार १६:५३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - नेपाली फुटबल टोली १३ औं दक्षिण एसियाली खेलकुदको महिला फुटबलको फाइनलमा पुगेको छ । अब उपाधिका लागि नेपालले भारतसँग खेल्ने भएकाे छ ।

नेपालले पाेखरा रंगशालामा भएकाे खेलमा सावित्रा भण्डारीकाे ह्याट्रिकमा माल्दिभ्सलाई ३-० ले हरायाे । याे जितपछि नेपाल लगातार तेस्रो पटक साग महिला फुटबलको फाइनलमा पुगेकाे छ ।

खेलकाे १८ औं मिनेटमा पहिलाे गाेल गर्दै सावित्राले अनु लामाकाे सर्वाधिक गाेलकाे रेकर्डलाई ताेडेकी थिइन् । त्यसपछि उनैले २२ औं मिनेटमा दोस्रो गोल गर्दै नेपालकाे अग्रता २-० मा पुर्‍याइन् । 

पहिलाे हाफमा २ गाेलकाे अग्रता बनाएकाे नेपालले दाेस्राे हाफमा एक गाेल थप्याे । सावित्राले इन्जुरी समयको पहिलो मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने टिमलाइ तीन-शुन्यकाे जित दिलाइन ।

भारतले यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको छ । तेस्रो पटक नै नेपाल र भारतबीच साग महिला फुटबलको फाइनल हुने भएको छ ।

यसअघि सन् २०१० र २०१६ मा यी दुई टोली नै फाइनलमा भेट भएको थियो । १२औँ सागमा फाइनलमा भारतले नेपाललाई ४-० ले हराएकाे थियाे ।

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया