१३ औँ साग : आज २३ खेल हुँदै

 मंसिर २०, २०७६ शुक्रबार ८:२४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियाेगिता (साग) अन्तर्गत शुक्रबार पनि विभिन्न २३ वटा खेलहरु हुँदैछन् । काठमाडौ, पोखरा र जनकपुरमा सुरु भएको प्रतियोगिता अन्तर्गत खेल हुन लागेका हुन् । 

शुक्रबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल,ब्याडमिन्टन, क्रिकेट,गल्फ, ह्यान्डबल, कबड्डी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती,बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ ।

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछ भने कुस्ती जनकपुरमा हुनेछ । कीर्तिपुर क्रिकेट मैदानमा पुरुष क्रिकेट हुने छ । क्रिकेट अन्तर्गत समूह चरणको खेलमा नेपालले शुक्रबार माल्दिभ्ससँग खेल्दै छ । 

महिला क्रिकेट भने पोखरामा जारी छ । पोखरामा शुक्रबार नेपालले श्रीलंकासँग खेल्ने छ ।

साग अन्तर्गत शुक्रबारदेखि बक्सिङ सुरु हुँदैछ । पहिलो दिन बक्सिङमा नेपालले ४ इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित कराते हलमा नेपालले ४ वटा इभेन्टमा प्रतिस्पर्धा गर्न लागेको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया