बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो
चैत ६, २०८१ बुधबार
मुगु - नेपालको सवैभन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको रारामा फोरजी सेवा सुरु भएको छ । नेपाल टेलिकमले रारामा फोरजी सेवा सुरु गरेको हो ।
बिहीबारदेखि मुगुको रारामा फोरजी सेवा सञ्चालनमा ल्याइएको रारामा पुग्नुभएका नेपाल टेलिकमका बरिष्ठ ईन्जिनियर प्रेमबहादुर क्षेत्रीले बताउनुभयो । नेपाल टेलिकमको बरिष्ठ ईञ्जिनियर क्षेत्रीसहित ४ जनाको टिम अहिले फोरजी सेवा संचालन गर्न रारामा रहेको क्षेत्रीले बताउनुभयो ।
उहाँले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर नेपाल टेलिकमले द्रुत गतिको फोरजी सेवा सञ्चालनमा ल्याएको बताउनुभयाे । चाईनिज सप्लार्यरकर्ता चाईना कम्यूनिकेशन सर्भिसेस ईन्टरनेश्नलले फोरजी सञ्चालनका लागि आवश्यक उपकरण जडान गर्ने जिम्मा लिएको थियो ।
रारासँगै अब जुम्ला, मुगु र कालिकोटमा पनि फोरजी संचालन गर्ने तयारी थालिएको नेपाल टेलिकमले जनाएको छ । टेलिकमले राराको हुटुमा फोरजीको टावर राखेर सेवा सञ्चालन गरेको छ । एक हजार आठ सय मेगाहर्जमा फोरजी सेवा सुरु गरिएको बरिष्ठ इन्जिनियर क्षेत्रीले जानकारी दिनुभयो । यो सेवा सुरु भएसँगै पर्यटकलाई संचारका लागि सहज हुने भएको छ ।
‘रारा आउने पर्यटकहरुलाई सहज र छिटो इन्टरनेट सुविधा दिने उद्देश्यले फोरजी सेवा सञ्चालनमा ल्याएका हौं,’ पोखरेलले भन्नुभयो, ‘यो सेवाले रारामा पुग्ने पर्यटकहरुलाई सामाजिक सञ्जाल प्रयोग गर्न, आफूले खिचेका फोटो तथा भिडियोहरु तत्काल सामाजिक सञ्जालमा राख्न सहज हुनेछ ।’
फोरजी सेवा सञ्चालनमा आएसँगै रारा आउने पर्यटक र बिकट मुगुका बासिन्दाहरुले उच्च गतिको मोबाइल इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।