लमजुङको पाउँदीमा बस दुर्घटना : एक जनाको ज्यान गयाे, ६ जना घाइते

 मंसिर २२, २०७६ आइतबार १०:५२:५५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - लमजुङको सुन्दरबजार नगरपालिका ७ पाउँदीमा बस दुर्घटना हुँदा एक महिलाको ज्यान गएकाे छ । लमजुङ बेसीशहरबाट गोर्खा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको यात्रुवाहक बस आइतबार बिहान ७ बजे पाउँदीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पाउँदी सडकको ओरालोमा रोकिराखिएको बस सडकबाट पाउँदी खोलामा खस्दा घाइते महिलाको सुन्दरबजार कर्मदा अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे भएको हो । ज्यान गुमाउने महिलाको पहिचान खुल्न सकेको छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख छवबहादुर घर्तीका अनुसार बस दुर्घटना हुँदा घाइते भएका ४ जनालाई उपचारका लागि चितवन मेडिकल कलेज, एक जनालाई आबुखैरेनी र एक जनालाई कर्मदा हस्पिटल सुन्दरबजार पठाइएको छ । उनीहरुको पनि पहिचान खुल्न सकेको छैन ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका साथै स्थानीयले उद्धार गरी घाइतेलाई उपचारका लागि अस्पताल पठाएका हुन् ।

बस चालक तनहुँ भन्सारका कृष्ण आलेलाई प्रहरीले आफ्नाे नियन्त्रणमा लिइएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया