साग महिला क्रिकेट : बंगलादेशलाई स्वर्ण, श्रीलंका २ रनले पराजित

 मंसिर २२, २०७६ आइतबार १५:१५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटको स्वर्ण बंगलादेशले जितेको छ । फाइनलमा श्रीलंकामाथि २ रनको रोमाञ्चक जित निकाल्दै बंगलादेशले स्वर्ण जित्यो ।

पोखरा क्रिकेट मैदानमा भएको खेलमा पहिलो ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रन बनाएको थियो । बंगलादेशका ४ जना  खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा निगार सुल्तानाले सर्वाधिक २९ रन बनाइन् । 

जवाफमा श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउँदै ८९ रनमात्र बनायो । श्रीलंकाका लागि कप्तान हर्षिता माधवीले ३२ तथा लिहिनी अप्सराले २५ रन बनाइन् । 

अन्तिम ओभरमा श्रीलंकाले सात रन बनाउन नसक्दा हार ब्यहोरेको हो । उसले २ विकेट गुमाउँदा ४ रन मात्र जोड्यो । 

नेपाली महिला टिमले यो प्रतियोगितामा कास्य जितेको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया