तनहुँको गौरवको आयोजना पराशर मार्गमा कालोपत्र गर्न शुरु
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ – १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा ५४ केजी तौल समूहमा नेपालले स्वर्ण जितेको छ । नेपालकी मिनु गुरुङले भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितिन् ।
उनले भारतीय खेलाडी शिखालाई अंकका आधारमा हराइन् । नेपालले सागमा बक्सिङतर्फ २० वर्षपछि स्वर्ण जितेको हो । यसअघि सन् १९९९ को आठौं सागमा नेपालले बक्सिङतर्फ दुई वटा स्वर्ण जितेको थियो ।
सन् १९९९ मा नेपालका लागि प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण दिलाएका थिए । नेपालमा भएकाे आठाैँ सागमा नेपालले बक्सिङमा दुईसहित ३१ वटा स्वर्ण जितेकाे थियाे ।
यस्तै ललिता महर्जनले रजत पदक जितेकी छिन् । महिला ४८ केजीको लाइट फ्लाइ विधामा ललिता फाइनलमा कलाईभानी श्रीभासनसँग अंकका आधारमा पराजित भइन् ।