नेपाली बालिकालाई याैन शाेषण गरेकाे आराेपमा अमेरिकी नागरिक पक्राउ

 मंसिर २३, २०७६ सोमबार १७:९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना अमेरिकी नागरिक पक्राउ परेका छन् । 

आर्थिक प्रलोभन देखाएर तथा खानेकुरा दिइ, ललाई फकाई गरी नेपाली बालिकालाई यौन शोषण गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

अमेरिकी नागरिक जेसन लोएड मूडीलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाण्डौको एअरपोर्टमा रहेको मेमोरियल गेष्ट हाउसको कोठा नम्बर १०४ बाट तीन बालिकासहित आपत्तिजनक अवस्थामा फेला पारेको थियो । 

साथै उनी बसेको होटलको कोठाबाट अमेरेकी राहदानी ३ थान, ल्यापटप १ थान, विभिन्न कम्पनीका मोबाइल ४ थान, विभिन्न बैंकहरुको एटीएम कार्ड लगायत बरामद भएको छ । 

अमेरिकाको इलिनोयोका नागरिका रहेको उनी बाल यौन दुराचारी रहेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया