ग्लोबल आईएमई बैंकले अस्ट्रेलियामा शाखा खोल्ने

 मंसिर २३, २०७६ सोमबार १८:९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा भर्खरै २ ठूला बैंक मर्ज गरेको ग्लोबल आईएमई बैंकले अस्ट्रेलियामा शाखा खोल्ने भएको छ ।   

अष्ट्रेलियाको सिड्नीमा भएको कार्यक्रममा बैंकका अध्यक्ष चन्द्र ढकालले अब विदेशमा शाखा खोलिने बताउनु भयो । उहाँले अहिले स्ट्रेलिया लगायत भारत, बेलायत, मलेसिया र जापानमा सम्पर्क कार्यालय रहेको आफ्नो बैंकले अस्ट्रेलियामा शाखा खोल्ने तयारी सुरु भएको पनि जानकारी दिनुभयो । 

सिड्नीमा भएको अन्तक्र्रियामा उहाँले अस्ट्रेलियामा भएका नेपाली लगानीकर्तालाई आफ्नो बैंक उपयुक्त सहजकर्ता हुन सक्ने बताउनुभयो । उहाँले गैरआवासीय नेपालीहरुको समेत लगानी निर्माण हुँदै गरेको दोर्दी जलविद्युत् आयोजना छिट्टै सञ्चालनमा आउने पनि बताउनु भयो ।   

अन्तर्क्रियामा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष मन केसीले आफ्नो संस्था दश अर्ब बराबरको गैरआवासीय नेपालीहरुको संयुक्त कोष निर्माण गर्ने तयारीमा रहेको जानकारी दिनुभयाे ।     

कोष निर्माणसँगै नेपालमा गैरआवासीय नेपालीहरुको ठूलो तथा संयुक्त लगानी सुरु हुने केसीले बताउनु भयो । कार्यक्रममा सिड्नीमा क्रियाशील दुई दर्जन व्यवसायी तथा गैरआवासीय नेपाली अगुवाहरु उपस्थित थिए ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया