यूएसएआईडी बन्द गर्ने थप कदम चाल्न अमेरिकी सङ्घीय अदालतको रोक

 चैत ६, २०८१ बुधबार १५:८:५३ | एजेन्सी
unn.prixa.net

तस्वीर : एपी

अमेरिकाको सङ्घीय अदालतले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) बन्द गर्ने थप कदम चाल्न रोक लगाएको छ ।

अदालतले एलन मस्कको नेतृत्वमा रहेको सरकारी कार्यदक्षता विभागलाई अमेरिकी सहयोग निकाय बन्द गर्न लिएको निर्णय तत्काल रोक्न आदेश दिएको हो । सङ्घीय न्यायाधीश थिओडर छ्वाङले यूएसएआईडी बन्द गर्ने प्रयासले अमेरिकी संविधानको उल्लङ्घन गर्न सक्ने भन्दै थप कदम चाल्न रोक लगाउनुभएको बीबीसीले जनाएको छ । उहाँले कर्मचारीहरूलाई यूएसएआईडीको कम्प्युटरमा पहुँच दिन र बिदामा राखिएका कर्मचारीहरूलाई तलब उपलब्ध गराउन आदेश दिनुभएको छ ।

यूएसएआईडीका कर्मचारीहरूको बर्खास्ती रोकिनुपर्ने आदेश दिए पनि हटाइसकेका कर्मचारीहरूलाई पुनर्बहाली गरिनुपर्ने आदेश भने छैन । नाम नखुलेका यूएसएआईडीका २६ जना कर्मचारीको तर्फबाट दायर मुद्दामा याे निर्णय आएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आदेशविरुद्ध आफूले पुनरावेदन गर्ने भन्दै छ्वाङजस्ता न्यायाधीशहरू अमेरिकाका लागि राम्रो नभएको टिप्पणी गर्नुभएको बीबीसीले जनाएको छ ।

गएको हप्ता अमेरिकी विदेशमन्त्री मार्को रुबिओले विश्वभरि अमेरिकाको सहयोगमा सञ्चालित स्वास्थ्य र आपत्कालीन सहयोगसम्बन्धी ८३ प्रतिशत कार्यक्रमहरू रद्द गर्न लागेको बताउनुभएको थियो ।

अन्तिम अपडेट: चैत ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया