भूटानले राजनीतिक बन्दीमाथि गरिरहेकाे दमनकाे राष्ट्रसङ्घीय कार्...
चैत ६, २०८१ बुधबार
काठमाण्डाै – मकवानपुरको थाहा नगरपालिकाले भालेश्वर मन्दिरसम्म जाने पैदलमार्गमा सर्वसाधारणसँग रकम नलिन निर्देशन दिएको छ ।
थाहा नगरपालिका वडा नम्बर–९ चित्लाङ भञ्ज्याङ हुँदै भालेश्वर मन्दिरसम्म जाने पैदलमार्गमा चेकपोइन्ट राखेर चन्द्रागिरि हिल्स प्रालिले सर्वसाधारणसँग अनधिकृत रूपमा रकम लिएको पाइएपछि यस्तो कार्य तत्काल रोक्न निर्देशन दिएको नगरपालिकाले जनाएको छ ।
मन्दिरसम्म पुग्न प्रतिव्यक्ति एक सय रुपियाँ असूली गरिरहेको पाइएपछि वडा कार्यालयले काठमाण्डाैमा केबुलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्सलाई पत्र पठाएर रकम असूली तत्काल रोक्न भनेको वडाध्यक्ष राजकुमार बलामीले जानकारी दिनुभयो । पत्रमा पैदलमार्गबाट मन्दिरमा जाने बाटोमा कुनै रोकावट नगर्न भनिएको छ ।
यसअघि वडाध्यक्ष बलामीले सूचना निकालेर वडा कार्यालय र चन्द्रागिरि हिल्स प्रालिबीच भएको सहमतिबमोजिम नै शुल्क लिएको भ्रामक सूचना सम्प्रेषण भइरहेको जनाउनुभएको थियो । उहाँले चन्द्रागिरि हिल्ससँग शुल्क लिनेबारे थाहा नगरपालिका–९ वडा कार्यालय तथा वडाध्यक्षबाट कुनै पनि सहमति नभएको स्पष्ट पार्नुभएको छ ।
मन्दिरमा गएको र वन क्षेत्रमा हिँडेको समेत रसिद काटेर यात्रुसँग असूली गरेको भन्दै सार्वजनिक रूपमा चन्द्रागिरि हिल्सको विरोध हुन थालेपछि वडा कार्यालयले सात दिनभित्र चेकपोइन्ट हटाउन भनेको छ । अहिले प्रयोग भइरहेको पैदालमार्ग केबुलकार बनाउनुअघि नै सञ्चालनमा थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।