भूटानले राजनीतिक बन्दीमाथि गरिरहेकाे दमनकाे राष्ट्रसङ्घीय कार्...
चैत ६, २०८१ बुधबार
काठमाण्डाै – सरकारले नयाँ बजेट निर्माणका लागि मन्त्रालयगत छलफललाई अन्तिम चरणमा पुर्याइएको जनाएको छ । अर्थ मन्त्रालयले फागुनको अन्तिम हप्तादेखि मन्त्रालयगत छलफल थालेको हो ।
मुख्य नौ वटा मन्त्रालयका मन्त्रीलगायत अधिकारीहरूसँग अर्थमन्त्री विष्णु पौडेलसहित बजेट लेखन समितिले छलफल सकिसकेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
अर्थ मन्त्रालयका अनुसार अमेरिकी सहायतामा सञ्चालित आयोजनाहरूको काम प्रभावित भइरहेका बेला आउँदो बजेटमा एमसीसीजस्ता आयोजनाहरूलाई समेत स्रोत छुट्टाएर अघि बढाउने तयारी भइरहेको छ । त्यसका लागि अर्थ मन्त्रालयले विभिन्न दातृ निकायहरूसँग छलफल अघि बढाएको छ ।
बजेट निर्माणको काम अघि बढाउन फागुनमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकत्वमा समिति बनेको थियो । बजेटको सिद्धान्त तथा प्राथमिकता निर्धारण, मन्त्रालयगत आयोजनाहरूकाे प्राथमिकीकरण गर्न सहजीकरण, बजेट वक्तव्यको मस्यौदा तयार गर्नुका साथै नीति तथा कार्यक्रममा सुझाव पेश गर्ने कार्य जिम्मेवारीअनुसार समितिका सदस्यहरूले गृहकार्यलाई तीव्र पारेको अर्थ मन्त्रालय प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।