भूटानले राजनीतिक बन्दीमाथि गरिरहेकाे दमनकाे राष्ट्रसङ्घीय कार्...
चैत ६, २०८१ बुधबार
काठमाण्डाै – संयुक्त राष्ट्रसङ्घीय कार्यदलले भूटानले राजनीतिक बन्दीहरूलाई स्वेच्छाचारी नजरबन्दमा राखेकाे र मानव अधिकार उल्लङ्घन गरेकाे भन्दै निन्दा गरेकाे छ ।
भूटानमा राजनीतिक बन्दीको रिहाइका लागि सञ्चालित विश्वव्यापी अभियान (जीसीआरपीपीब) ले प्रेस विज्ञप्ति निकालेर भूटानले राजनीतिक बन्दीहरूलाई राजनीतिक कारण देखाई नजरबन्दमा राखेर दमन गरिरहेकाे भन्दै निन्दा गरेको हाे ।
प्रतिवेदनले तीन नेपालीभाषी भूटानी नागरिक बिर्खबहादुर क्षेत्री, कुमार गौतम र सुनमान गुरुङलाई प्रतिनिधि पात्रका रूपमा प्रस्तुत गर्दै उनीहरूलाई सन् २००८ देखि अमानवीय रूपमा जेलमा राखिएको उल्लेख गरेकाे छ । प्रतिवेदनअनुसार यी तीनसहित कम्तीमा ३२ जना राजनीतिक बन्दीहरू अन्यायपूर्ण रूपमा जेलमा रहेका उल्लेख छ ।
भूटान सरकारले न्यायिक प्रक्रियाविना नै पक्राउ गरेकाे, असहमति जनाउने व्यक्तिहरूलाई दमन गरिरहेको तथा विशेष रूपमा नेपालीभाषी भूटानी समुदाय राजनीतिक प्रतिशोधको निशानामा परिरहेका प्रतिवेदनकाे ठहर छ ।
भूटानमा राजनीतिक बन्दीको रिहाइका लागि सञ्चालित विश्वव्यापी अभियानले संयुक्त राष्ट्रसङ्घको याे प्रतिवेदनलाई स्वागत गर्दै भूटान सरकारलाई तुरुन्त सबै राजनीतिक बन्दीहरूलाई रिहा गर्न, कानूनी सुधार गर्न र स्वतन्त्र अनुसन्धानको अनुमति दिन पनि माग गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।