भूटानले राजनीतिक बन्दीमाथि गरिरहेकाे दमनकाे राष्ट्रसङ्घीय कार्...
चैत ६, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डौ उत्यकासहित देशभरिका त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको मतपरिणाम आउने क्रम जारी छ ।
पछिल्लो विवरणानुसार नेकपा एमाले निकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेविसङ्घले समान ९१ वटा क्याम्पसमा अध्यक्ष पद जितेका छन् । यस्तै नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले ६५ वटा क्याम्पसमा जितेको छ । स्वतन्त्र र बागी उम्मेदवारले ४ वटा क्याम्पसमा जितेका छन् ।
यसैगरी एकीकृत समाजवादी निकट अनेरास्ववियूले ३, विप्लव माओवादी निकट अखिल समाजवादीले २, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राप्रविसङ्घ, मसाल निकट अखिल छैटौं र जनता समाजवादी पार्टी निकट समाजवादी युनियन १/१ वटा क्याम्पसमा अध्यक्ष पद जितेका छन् ।
त्रिवि विश्वविद्यालय क्याम्पस कीर्तिपुरको स्ववियु चुनाव रोक्न उच्च अदालत पाटन इजलासले आदेश दिएको छ । नेविसङ्घका नेता विष्णु बडैलाको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतका न्यायाधीश डालकुमार खड्काको इजलासले चुनाव रोक्न आदेश दिएको हो । यसअघि विवाद हुँदा सर्वदलीय सहमतिपछि ८ गते मतदान गर्ने तयारी थियो ।
यस्तै पोखरामा रहेको पृथ्वीनारायण क्याम्पसको स्ववियु चुनाव अनिश्चित बनेको छ । मतपत्रमा प्रत्यक्षतर्फ अनेरास्ववियु (छैटौं) बाट अध्यक्ष पदका उम्मेदवार रहेका मिलन सुनारको नाम छुटेपछि शुरू भएको विवादले मतदान अनिश्चित बनेको हो ।
काठमाण्डौ उपत्यकाभित्रका आरआर, त्रिचन्द्र, नेपाल ल, विश्वभाषा, अस्कल, शङ्करदेव, पद्यकन्या, सरस्वती, पब्लिक युथ, पाटनलगायत ११ ठूला क्याम्पसमा भने स्ववियु चुनाव हुन सकेन । हिजो भएको चुनावमा देशभरि ३८ आङ्गिक र दुई सय ५० सम्बन्धन प्राप्त क्याम्पसमा मतदान भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।