भूटानले राजनीतिक बन्दीमाथि गरिरहेकाे दमनकाे राष्ट्रसङ्घीय कार्...
चैत ६, २०८१ बुधबार
काठमाण्डाै – माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि शुरू हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको सबै तयारी पूरा भएको भन्दै ढुक्क भएर परीक्षा दिन आग्रह गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार भोलि अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । परीक्षा बिहान ८ बजेदेखस शुरू हुने छ ।
यस वर्षको परीक्षामा ५ लाख १४ हजार ७१ जना सहभागी हुँदैछन् । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईई परीक्षाका लागि देशभर २ हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ ।
यस वर्ष जापानको परीक्षा केन्द्रबाट २९ जना विद्यार्थीले एसईई दिँदै छन् । यस्तै केन्द्रीय कारागार सुन्धारा र एउटा दैलेख कारागारमा पनि परीक्षा केन्द्र तोकिएका छन् । यस वर्ष सबैभन्दा धेरै विद्यार्थी काठमाण्डाैमा ३९ हजार ६ सय जना र सबैभन्दा कम परीक्षार्थी मनाङमा ४३ जना छन् ।
सरकारले एसईईका लागि २७ करोड ७० लाख रुपैयाँ बजेट छुट्याएको छ । एसईई परीक्षाको सम्पूर्ण जिम्मा बोर्डले नै लिएको छ । परीक्षा आउँदो १९ गतेसम्म चल्ने छ ।
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आउँदो असार ७ गतेभित्र निकाल्ने जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले गएको वर्षदेखि न्यूनतम ३५ प्रतिशतभन्दा कम प्राप्ताङ्क ल्याउने विद्यार्थीहरू अनुत्तीर्ण हुने व्यवस्था लागू गरेको छ ।
यसैबीच पछिल्लो समय मेला महोत्सवलगायत स्टेज कार्यक्रममा व्यस्त देखिएका गायक तथा मोडल दुर्गेश थापाले एसईई परीक्षा अवधिभर साङ्गीतिक कार्यक्रम नगर्ने घोषणा गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।