भूटानले राजनीतिक बन्दीमाथि गरिरहेकाे दमनकाे राष्ट्रसङ्घीय कार्...
चैत ६, २०८१ बुधबार
गुगल एउटा जातीय विभेदको मुद्दामा २८ मिलियन अमेरिकी डलर अर्थात् ३ अर्ब ८६ करोड रुपैयाँभन्दा धेरै क्षतिपूर्ति दिन तयार भएको छ । गुगलले कर्मचारीहरूबीचको जातीय भेदभावसम्बन्धी मुद्दा अन्त्य गर्न यति धेरै क्षतिपूर्ति तिर्न सहमत भएको बीबीसीले जनाएको छ ।
विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनीले यो मुद्दामा सम्झौता भएको पुष्टि गरे पनि उसले आफूविरुद्धको आरोप भने अस्वीकार गरेको खबरमा उल्लेख छ । यो मुद्दा गुगलका पूर्वकर्मचारी आना क्यान्टुले सन् २०२१ मा दायर गर्नुभएको थियो ।
मुद्दामा हिस्पानिक, ल्याटिनो, नेटिभ अमेरिकन र अन्य पृष्ठभूमिका कर्मचारीहरूले आफ्ना गोरा र एशियाली समकक्षीहरूभन्दा कम तलब र कम पदमा काम शुरू गरेको आरोप लगाइएको थियो । यस्तै आफूहरूलाई कम असवर दिइने पनि मुद्दामा उल्लेख थियो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार गुगलको तर्फबाट सन् २०१८ फेब्रुअरी १५ र २०२४ डिसेम्बर २१ मा भर्ना गरिएका कम्तीमा ६ हजार ६ सय ३२ जना व्यक्तिविरुद्ध यो मुद्दा दायर गरिएको थियो ।
यस वर्षको शुरूमा गुगल आफ्नो भर्ती नीतिमा ‘डीईआई’ अर्थात् विविधता, समानता र समावेशीकरण कार्यक्रमहरूमा आफ्नो प्रतिबद्धताबाट पछि हट्ने अमेरिकी कम्पनीहरूमा सामेल भएको थियो । डीईआई कार्यक्रमबाट पछि हट्ने कम्पनीहरूमा मेटा, अमेजन, पेप्सी, म्याकडोनाल्ड र वालमार्ट जस्ता ठूला कम्पनीहरू छन् ।
अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका सहयोगीहरूले डीईआई नीतिहरूमाथि लगातार आक्रमण गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।